अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५० | Colorodo: 03:05

राष्ट्रपति ट्रम्प महाअभियोगको सुनुवाइमा उपस्थित नहुने

बिआरटीनेपाल २०७६ मंसिर १७ गते २:२४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध लगाइने भनिएको महाअभियोगको सार्वजनिक सुनुवाइमा उपस्थित हुन इन्कार गर्नुभएको छ। ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प र उहाँका वकिल संसदको तल्लो सदनले जारी राखेको सार्वजनिक सुनुवाइमा उपस्थित नहुने स्पष्ट पारेको हो ।

ट्रम्पविरुद्ध लगाइने भनिएको महाअभियोगका लागि भइरहेको सार्वजनिक सुनुवाइ एकपक्षिय भएको भन्दै ह्वाइट हाउसले उपस्थित नहुने स्पष्ट पारेको हो । महाअभियोका लागि छानविन गरिरहेको न्यायिक समितिले ट्रम्प र उहाँका वकिल उपस्थित नभए दोस्रो चरणको प्रक्रियामा जाने चेतावनी दिइसकेको छ ।

ट्रम्प उपस्थित नभए महाअभियोगको टुंगो लगाउन महतदान गर्न सकिने अधिकारीहरुले बताएका छन् । राष्ट्रपति ट्रम्पविरुद्ध राजनीतिक लाभका लागि युक्रेकनलाई आफ्ना प्रतिष्पर्धी जो विडेन र उहाँका छोरामाथी छानविन गर्न दवाव दिएको आरोप लागेको छ ।

विडेनमाथि छानविन नगरे युक्रेनलाई दिँदै आएको सैन्य सहायता कटौती गर्ने ट्रम्पले चेतावनी दिएको समाचार सार्वजनिक भएको थियो । तर उक्त आरोपको ट्रम्पले खण्डन गर्दै आउनुभएको छ । अमेरिकामा राजनीतिक लाभका लागि विदेशी सहायता लिनु गैरकानुनी मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू