अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३१ | Colorodo: 09:46

बागलुङमा जिप दुर्घटना, कम्तीमा १४ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ मंसिर १६ गते २२:४७ मा प्रकाशित

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ घोपर्नामा जिप दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । गुल्मीको तम्घासबाट बुर्तिबाङ जादै  गरेको ग १ ज ५२१९ नम्वरको जीप  दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जानकारी दिनुभयो ।

मृत्यु हुने १४ मध्ये १० जनाको सनाखत भएको छ।  सनाखत भएका मृतकमा गुल्मी इश्मा ५ वस्ने वर्ष २६ को चालक रेशम थापा, सोही ठाउँका दोवाटा का ४० वर्षिया बसुन्धरा कार्कि, इश्मा ५ खाढुंगाका माया थापा रहेका छन्।

यस्तै गुल्मी इश्मा ४ का वर्ष ४० की सिता कार्की, इश्मा ४ कै ६५ वर्षिय झवि कार्की, वर्ष ४५ कि भुमि कार्की, २५  वर्षकी मिना वस्नेत, ६५ वर्षका धन बहादुर कार्कीको पहिचान खुलेको छ । नवलपरासी वर्दघाट २ की ६० वर्षिया भुमा कार्कि, बागलुङ बडिगाड ७ का ५५ वर्षकीे नरमाया खत्रि रहेका छन् । मृत्यु हुनेमा ९ जना महिला, चार जना पुरुष र एक जना बालक रहेका जिल्ला प्रहरी कार्यलय बाग्लुङका प्रहरी नायब उपरिक्षक झविन्द्र भट्टराइले जानकारी दिनुभयो ।

जिप मध्यपहाडी लोकमार्गबाट बडिगाड खोलामा खसेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू