अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०६ | Colorodo: 17:21

खैरहनीको ४ र ५ मा काँग्रेस उम्मेदवार कार्की र अधिकारी विजयी

बिआरटीनेपाल २०७६ मंसिर १४ गते १७:३३ मा प्रकाशित

चितवन, चितवनको खैरहनी नगरपालिकाको वडा नम्बर ५ वडाध्यक्ष पदमा भएको उपनिर्वाचनमा नेपाली काङ्ग्रेसकी प्रतिमा कार्की बस्नेत विजयी भएकी छिन् भने खैरहनी-४ मा वेद बहादुर अधिकारी विजयी भएका हुन् ।

वडा नम्बर ५ मा कार्कीले नेकपाका उम्मेदवार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी हुन् । कार्कीले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गरेका छन् । त्यसै गरी खैरहनी ४ मा काँग्रेस बस्नेतले नेकपा वेदबहादुर अधिकारीलाई १५२ मत अन्तरले पराजित गरे। बस्नेतले ११३८ र अधिकारीले ९८६ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू