अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२४ | Colorodo: 23:39

आईसिईद्वारा नक्कली विश्वविद्यालयमा भर्ना हुने करिब २ सय ५० जना मानिसलाई पक्राउ, सर्वाधिक भारतीय विद्यार्थीको संलग्नता

विजय थापा २०७६ मंसिर १४ गते १७:२२ मा प्रकाशित

अमेरिकाको अध्यागमन तथा सीमा शुल्क प्रवर्तन विभाग (आईसिई)ले नक्कली विश्वविद्यालयमा भर्ना भएका करिब २ सय ५० जना मानिसलाई पक्राउ गरेको छ । उक्त खबर डेट्रोईट फ्री प्रेस (स्वतन्त्र छापा) ले गत बुधवार नोभेम्बर २७ को दिन समाचार बाहिर ल्याएको छ । उक्त पत्रिकाले गत जनवरी महिनामा समेत छलकपट गरेको बारेमा समाचार बाहिर ल्याएको थियो ।

फार्मिंगटिन विश्वविद्यालय नामक कृते रूपमा नाम दर्ता गराएकोमा विदेशी विद्यार्थीहरूलाई पक्राउ गरेको जनाएको थियो । उक्त विश्वविद्यालय नाम लेखाउने सर्वाधिक भारतीय विद्यार्थीको संलग्नता रहेको छ ।

उनीहरूले पढाई सके पछि प्रवेशाज्ञाको म्याद गुज्रिए पछि उनीहरूलाई अध्यागमन र प्रवेशाज्ञामा प्रपञ्च गरेकोले उनीहरूलाई धरपकड गरिएको थियो । २ सय ५० मध्ये ८० प्रतिशतले स्वयम् सेवक रूपमा अमेरिका छोड्नु पर्ने थियो ।

जस मध्ये २० प्रतिशतले आधिकारिक देश छोड्नु पर्ने आदेश समेत प्राप्त गरेका र केहीले अमेरिकामा बस्न पाउने भनी अमेरिकी अदालतमा मुद्दा दाएर गरेका थिए । यसबाहेक, डेट्रोईट फ्री प्रेस का अनुसार ८ जना मध्ये ७ जना अभियुक्तहरूले नक्कली विश्वविद्यालयमा भर्ती कर्ताको रूपमा पहिचान भएको छ । झन्डै ६ सय विद्यार्थीहरूलाई विश्वविद्यालयबाट झूटा लिखित प्रतिलिपि र अभिलेखहरू विद्यार्थी प्रवेशाज्ञा सुरक्षित गर्न मद्दत गरेर प्रवेशाज्ञा जालसाजी गर्ने षडयन्त्र गरेका थिए ।

छ जना व्यक्ति विरुद्ध दायर गरिएको उच्च निर्णायक समितिको अभियोगमा भनिएको छ कि “विश्वविद्यालये विदेशी नागरिकहरू ‘रहनको लागि भुक्तानी’ को रूपमा प्रयोग गरिरहेका थिए।

उनीहरूले बिश्वबिद्यालयको ठेगाना र सामाजिक सञ्जाल पृष्ठहरूमा विश्वविद्यालयको स्थापना गरी विश्वविद्यालयलाई एक मान्यता प्राप्त संस्थाको रूपमा प्रति वर्ष ८ हजार ५ सय शिक्षा शुल्क र मान्यता प्राप्त शिक्षण संस्थाको रूपमा विज्ञापन गर्थे । तर यसमा कुनै भौतिक रूपमा उक्त बिश्वबिद्यालयको कक्षा कोठा थिएन र मान्यता प्राप्त गरिएको थिएन।

समाचार/तस्बिर श्रोत: याहु डटकम

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू