अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०५ | Colorodo: 14:20

धरान र इटहरीमा जावलाखेल ग्रुपको शिष्टाचार तालिम सम्पन्न

बिआरटीनेपाल २०७६ मंसिर १४ गते १०:०५ मा प्रकाशित

धरान / जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यका साथ धरानमा हस्पिटालिटी तथा कस्टमर सर्भिस विषयको तालिम सम्पन्न गरेकाे छ ।

धरान स्थित गजुर होटेलमा र इटहरीको पाथीभरा होटेलमा सम्पन्न उक्त तालिममा धरान र इटहरीको विभिन्न होटेल तथा रेस्टुरेन्टमा कार्यरत कर्मचारीलाई ग्राहकसँग गर्ने व्यवहार, शिष्टाचार स्वागत, सत्कारका तरिका विषयमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ । तालिमले मदिरा बजारलाई व्यवस्थित तथा मर्यादित बनाउनुका साथै यसले होटेलमा कार्यरत कर्मचारीको जीवनस्तर उकास्न र क्षमता अभिवृद्धि तथा सीप विकास गर्न सहयोग गर्ने जावलाखेल ग्रुपको म्यानेजर विजय मानन्धरले बताउनु भयो ।

अठार वर्ष देखि हस्पिटालिटी तथा कस्टमर सर्भिसको अनुभव प्राप्त हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजमा कार्यरत श्याम श्रेष्ठले धरानमा पचास जना र इटहरीमा सय जना भन्दा बढी सहभागीहरूलाई तालिम दिएका थिए ।

कार्यक्रममा विभिन्न होटेल, लज तथा यस सँग सम्बन्धित व्यापार व्यवसायमा संलग्न व्याक्तिहरुलाई तालिम प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू