अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३१ | Colorodo: 00:46

कृपा अनप्लग्डमा कन्दरा ब्यान्डको तिमी पारी र लेककी हे माया

बिआरटीनेपाल २०७६ मंसिर १४ गते १०:०० मा प्रकाशित

धरान, नब्बेको दशकको अत्यन्तै चर्चित ब्याण्ड कन्दरा आफ्नो अढाई दशकको साङ्गीतिक यात्रा पछि अहिले आएर पुन साङ्गीतिक यात्रामा पुनरागमन हुने क्रममा छन् ।

गत वर्षको धरान, दमक, बिर्तामोड र बुटवलको सफल साङ्गीतिक टुरपछि हौसिएको लोक पप ब्यान्डको रूपमा परिचित कन्दरा ब्यान्डले आफ्नो अफिसियल युट्युब च्यानलमा आफ्ना पुरानासँगै नयाँ गीतहरू ल्याएर दर्शक/श्रोताहरूको उत्तिकै माया पाइरहेका छन् । अहिलेको नयाँ पुस्तामाझ पनि कन्सर्ट, सोसल मिडियाबाट राम्रो प्रतिक्रिया पाइरहेको कन्दरा ब्यान्डले पुराना अत्यन्त चर्चित गीतहरू “तिमी पारी त्यो गाउँमा” र “लेक कि हे माया” कृपा अनप्लग्डको नयाँ श्रंखलामार्फत युट्युबमा भर्खरै रिलिज गरिएको छ । ९० को दशकको यो दुई गीत कन्दराको क्यारियरकै उत्कृष्ट गीत मानिन्छ । रिलिजको ३/४ दिनमा नै युट्युबमा लाख बढी भ्युअर्ससंगै राम्रो प्रतिक्रिया पनि पाइरहेकोमा पहिलो अल्बम निकाल्दा जतिको जोस बढेर आएको कन्दराका मुख्य गायक विवेक श्रेष्ठ बताउँछन् ।

नेपालमा लाइभ साङ्गीतिक प्रस्तुतिलाई अर्कै उचाइमा लैजान कृपा अनप्लग्डको विशेष भूमिका छ । जसको कारण यही कार्यक्रमको लागी ब्यान्डका गायक विवेक श्रेष्ठ अस्ट्रेलियाबाट नेपाल आई ब्यान्डसँग प्रत्यक्ष प्रस्तुत भएका थिए । विगत २७ वर्ष देखी कन्दरा नेपाली सङ्गीतमा अनवरत लागि रहेको छ । नेपाली सङ्गीत विशुद्ध र सरल शब्द, सङ्गीत र स्वरको सम्मिश्रण गर्ने कन्दरा ब्यान्ड चाडै नै देश व्यापी साङ्गीतिक टुरको तयारीमा समेत रहेका छन् । कन्दराको हङकङ पोखरा, तगारोमा रुमाल राखी, चञ्चले कान्छी, डाँडापारि, बिदेसिएर गइन उनी, फुल्चोकिको डाँडैमा लगायतका अन्य गीतहरू पनि अत्यन्तै चर्चित छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू