अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१५ | Colorodo: 08:30

विश्व चर्चित फोर्ब्स म्याग्जीनमा नेपाली युवा राजन थपलिया

विजय थापा २०७६ मंसिर १४ गते ९:३९ मा प्रकाशित

डिसी । न्यु योर्क निवासी चर्चित युवा लेखक तथा तथ्याङ्क वैज्ञानिक राजन थपलियाले विश्व चर्चित फोर्ब्स मिडिया म्याग्जीनमा लेखन सुरु गरेका छन् । फोर्ब्स मिडियाको मध्य पूर्व अन्तर्गत उनको लेखहरू प्रकाशित भएका छन् ।

हाल सम्म उनको दुई ओटा लेख प्रकाशित भएका छन् । भर्खरै पत्रिकाको बिचार सेक्सनमा कसरी आफ्नो लक्ष्य हासिल गर्नमा बढी केन्द्रित हुने भन्ने विषय लेख प्रकाशित भएको छ । साथै यस अघि उनको एक सफल मालिक हुन चहिने पाँच गुणहरू विषयमा लेख प्रकाशित भएको थियो। उनका आगामी लेखहरू सबै व्यापार, नेतृत्व र जीवन शैलीमा आधारित हुने छन्।

उनको आगामी लेख अनलाइनबाट पैसा कमाउने पाँच तरिका छिटै प्रकाशित हुँदैछ । अब हरेक हप्ता फोर्ब्समा उनको लेख प्रकाशित हुने कुरा राजनले बताए । विश्वका डलर बिलिनीयरको क्लबको रूपमा चिनिएको विश्वको शीर्ष स्थानमा व्यापारिक ब्रान्ड फोर्ब्स म्याग्जीनमा अवसर पाउनु सजिलो कुरा होइन ।

यहाँ प्रकाशित हरेक लेखहरूले छुट्टै महत्त्व राख्छन्। यस अघि हफिंगटन पोस्टमा उनका सयौँ लोकप्रिय लेखहरू प्रकाशित भएका थिए । केही वर्ष अघि उनले आफ्नो किताब शत प्रतिशत जीवन सगरमाथाबाट विमोचन गरेका थिए भने उनले लेखेका कविता नेपालको कक्षा ६ को अङ्ग्रेजी पाठ्यक्रममा समेत राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू