अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२७ | Colorodo: 20:42

भारतसँग पराजित हुँदै पुरुष भलिवलमा नेपाल प्रतियोगिताबाट बाहिरियो

बिआरटीनेपाल २०७६ मंसिर १३ गते ६:११ मा प्रकाशित

१३ औँ दक्षिण एसियाली खेलकुद–साग अन्तर्गत पुरुष भलिबलमा नेपाल भारतसँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ। त्रिपुरेश्वरस्थित कभर्डहलमा शुक्रबार भएको खेलमा नेपाल भारतसँग ३–० को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।

नेपाल भारतसँग २५–१५, २५–१२ र २५–१६ को सोझो सेटमा पराजित भएको हो। नेपाल आफ्नो पहिलो खेलमा बुधबार बंगलादेशसँग पराजित भएको थियो। नेपाल रहेको समूहबाट भारत र बंगलादेश सेमिफाइनल पुगेका छन्। नेपालको महिला भलिबल टोलीले भने सेमिफाइनलमा स्थान बनाएको छ।

प्रतिक्रिया