अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०७ | Colorodo: 04:22

मार्चपासमा नेपालको झण्डा बोक्न पारस सहित पाँच खेलाडी सिफारिस

बिआरटीनेपाल २०७६ मंसिर १३ गते २:०६ मा प्रकाशित

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को मार्चपासमा नेपालको झण्डा बोक्न नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्का सहित पाँच खेलाडीको नाम सिफारिस गरेको छ। समारोह समितिको सिफारिसबाट एक जना खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्ले झण्डा बोक्ने जिम्मेवारी दिनेछ। राष्ट्रिय रुपमा सफल खेलाडीलाई मार्चपासमा झण्डा उचालेर देशको नेतृत्व गर्न दिने प्रचलन छ।

समितिले पठाएको सिफारिस अनुसार शुक्रबार दिउँसो सम्ममा झण्डा बोक्ने खेलाडीको टुंगो लाग्ने छ। सागमा नेपालकोतर्फबाट डेपुटी सेफ द मिसन रिम रानाभाटका अनुसार मार्चपासमा पारस सहित आयसा शाक्य, निमा घर्तीमगर, कमल बहादुर अधिकारीको नाम सिफारिस गरिएको छ।

तेस्रो पटक नेपालमा आयोजना हुन लागेको साग खेल आइतबार उद्घाटन हुनेछ। उक्त अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन र प्रधानमन्त्री केपि शर्मा ओलीले सम्बोधन गर्ने तालिका रहेको छ। तर स्वास्थ्यको कारण प्रधानमन्त्री सहभागि हुने नहुने अझै टुंगो लागेको छैन्। सागको उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको छ। उद्घाटन शत्रमा करिब ७ हजार जनाको विषेश प्रस्तुति रहेको आयेजक समितिले जनाकारी दिएको छ।

राखेपका अनुसार उद्घाटन सत्र ३ घण्टा ४० मिनेटको हुनेछ। दिउँसो ३ बजे सुरु उद्घाटन शत्रको औपचारिक सुरुवात हुनेछ। उद्घाटनको अघिल्लो दिन आज ग्रान्ड रिहर्सलको तयारी भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू