अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१५ | Colorodo: 13:30

युरोपा लिग फुटबलः म्यान्चेस्टर युनाइटेड र आर्सनल पराजित

बिआरटीनेपाल २०७६ मंसिर १३ गते ०:३६ मा प्रकाशित

युरोपा लिग फुटबलमा गएराती इंग्लीश क्लबहरु म्यान्चेस्टर युनाइटेड र आर्सनल पराजित भएका छन् । समूह ‘एफ’ को खेलमा आर्सनललाई जर्मनीको आइन्त्राच फ्र्याङकफर्टले २–१ ले हरायो । हारपछि आर्सनलले युरोपा लिगको नक आउट चरणमा प्रवेश गर्न समुहको अन्तिम खेलसम्म कुर्नुपर्ने भएको छ । समूहका ५ खेलबाट आर्सनलको १० अंक छ भने फ्र्याङकफर्टको ९ तथा स्ट्याण्डर्ड लेइजको ७ अंक छ ।

उता समूह ‘एल’ का खेलमा म्यान्चेस्टर युनाइटेडलाई काजखस्तानको एफ.सी एस्टानाले २–१ ले हरायो । यो समूहबाट म्यान्चेस्टर युनाइटेड र ए.जेड. अल्कमार शीर्ष दुई स्थानमा रहँदै नक आउट चरणमा पुगेका छन् । युरोपा लिगकै अर्को खेलमा पोर्चुगलको ब्रागासँग ३–३ गोलको बराबरी खेल्दै इंग्ल्याण्डको वुल्भरह्याम्पटन वान्डरर्स पनि नक आउट चरणमा उक्लिएको छ ।

युरोपा लिग फुटबलका अन्य खेलहरुमा गएराती स्पेनका सेभिया र गेटाफे, पोर्चुगलका स्पोर्र्िटङ लिस्बन, र एफसी पोर्टो, स्कटल्याण्डको सेल्टिक, इटालीको ए.एस रोमा र लाजियो तथा टर्कीको बेसिक्तास पनि विजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू