अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०४ | Colorodo: 14:19

अमेरिकाबिरुद्ध कडा कारवाही गर्ने चीनको चेतावनी

बिआरटीनेपाल २०७६ मंसिर १३ गते ०:१६ मा प्रकाशित

चीनले अमेरिकाले हङकङमा प्रजातन्त्र पक्षधर प्रदर्शनकारीहरूलाई समर्थन गरेको भन्दै अमेरिकाविरुद्ध कडा कारबाही गरिने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङ्कङ स्वायत्ततालाई समर्थन गर्ने कानुनमा हस्ताक्षर गरेपछि चीन अमेरिकासँग रुष्ट बनेको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले हालै मानव अधिकार तथा प्रजातन्त्र नामक कानुनमा हस्ताक्षर गर्नुभएको थियो । ट्रम्पद्वारा हङ्कङ आन्दोलनको समर्थन गर्ने कानुनमा गरेको हस्ताक्षरले हङ्कङको चुनावमा बेइजिङ समर्थकको हार र आन्दोलनकारीलाई ठूलो सफलता मनिएको छ । ट्रम्मको उद्देश्य चीनसँग व्यापार सम्झौता गर्न चाहेको र दुई देशबीचको व्यापार युद्ध थामियोस् भन्ने रहेको चीनको विश्लेषण छ ।

हङ्कङका सार्वजनिक सम्पत्ति नष्ट गर्ने, आगो लगाउने, निर्दोष मानिसलाई कुटपिट गर्ने एवम् कानुनी शासन र सामाजिक व्यवस्थामा खलल पार्न खोज्ने हिंस्रक अपराधीहरूलाई खुला रूपमा समर्थन गरिरहेको आरोप अमेरिकामाथि चीनको छ । विश्वका सबैभन्दा शक्तिशाली दुई मुलुकबीच चर्किएको पछिल्लो तनावले ती दुईबीच जारी व्यापार युद्ध रोक्न जारी वार्तामा पनि असर पर्न सक्ने औल्याइएको छ ।

यसैबीच हङ्कङमा जारी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले प्रहरीमाथि पेट्रोल बम र वाण प्रहार गरेपछि दोहोरो भिडन्त जारी छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू