अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२८ | Colorodo: 22:43

तालिवानी लडाकूसँग वार्ता गर्न तयार – राष्ट्रपति ट्रम्प

बिआरटीनेपाल २०७६ मंसिर १३ गते ०:१५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा रहेका तालिवानी लडाकूहरुसँग वार्ता गर्न चाहेको बताउनुभएको छ । अफगानिस्तानको भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले तालिवानहरुले सम्झौता गर्न चाहेकाले अमेरिका उसँग वार्ता गर्न तयार रहेको बताउनुभएको हो ।

इराकमा रहेका आफ्ना सैनिहरुलाई सम्बोधन गर्दै ट्रम्पले आफूले तालिवानहरुसँग वार्ता गर्न चाहेको बताएको बीबीसीले जनाएको छ । भ्रमणका क्रममा ट्रम्पले अफगानिस्तानका राष्ट्रपति असरफ घानीसँग पनि भेटवार्ता गरेको बताइएको छ । तालिवानीहरु शान्तिपूर्ण आन्दोलनमा आए अमेरिकाले अफगानिस्तानमा रहेका सैनिकको संख्यासमेत कटौती गर्नेबारे सोच्न सकिने ट्रम्पले बताउनुभयो ।

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा तालिवानविरुद्ध हस्तक्षेप गरेको १८ वर्षपछि पनि १३ हजार सैनिक तैनाथ रहेका छन् । तालिवानीले एक अमेरिकी र एक अष्ट्रेलियाली नागरिकलाई नियन्त्रणमा लिएर रिहा गरेको एक सातापछि ट्रम्पले अफगानिस्तानको भ्रमण गर्नुभएको हो ।

वार्ता सकारात्मक भए आठ हजार भन्दा बढी सैनिक कटौती गर्ने राष्ट्रपति ट्रम्पको योजना रहेको बताइएको छ । तर उक्त निर्णय भने तालिवानीहरुसँगको वार्ताको परिणामले निर्धारण गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू