अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४० | Colorodo: 06:55

सन्तोष गौतमको शव नेपाल पठाउन अस्ट्रेलियामा अर्थ संकलन अभियान

बिआरटीनेपाल २०७६ मंसिर १३ गते ०:०९ मा प्रकाशित

अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा गत शनिबार हत्या गरिएका युवा सन्तोष गौतमको शव नेपाल ल्याउनका लागि अस्ट्रेलियामा अर्थ संकलन अभियान शुरु गरिएको छ । एनआरएनए अस्ट्रेलियाले नेतृत्व गरेको सो अर्थ संकलन अभियानमा नेप्लिज क्रिकेट एसोसिएसन अफ अस्ट्रेलिया, रूपन्देही सामाजिक सञ्जाल, ग्रानभिल नेप्लिज कम्युनिटी क्लब लगायतका नेपाली संघसंस्थाले सहकार्य गर्ने बताईएको छ ।

रूपन्देही जिल्ला घर भएका मृतक गौतमका आफन्तजनसँगको कुराकानीपछि शवलाई नेपाल पठाउन अर्थ संकलन अभियान अगाडि बढाइएको एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यूसाउथवेल्स राज्यका संयोजक देव गुरुङले जानकारी दिनुभयो । करिब १५ हजार अस्ट्रेलियन डलर संकलन गर्ने उद्देश्य राखिएको सो अभियानबाट शव नेपालमा आफन्तलाई बुझाएपछि बाँकी रहने सबै रकम गौतमकी ७ वर्षीया छोरीको खातामा जम्मा गरिनेछ ।

गत २३ नोभेम्बरमा ग्रानभिलको ब्याकसेल स्ट्रिटमा घाइते अवस्थामा भेटिएका ३४ वर्षीय सन्तोष गौतमलाई एम्बुलेन्समार्फत् सिड्नीस्थित वेस्टमिड अस्पतालमा लगिएको थियो जहाँ उनलाई मृत घोषित गरिएको थियो । न्यूसाउथवेल्स प्रहरीले घरेलु हिंसा प्रकृतिको सो घटनामा मृतक गौतमकी श्रीमती नुमा गौतम आचार्यलाई पक्राउ गरेर हत्याको अभियोग दर्ता गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू