अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१२ | Colorodo: 06:27

अमेरिकी राष्ट्रपति ट्रम्प अप्रत्यासित रुपमा अफगानिस्तानमा

बिआरटीनेपाल २०७६ मंसिर १३ गते ०:०५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अघोषित रुपमा अफगानिस्तान पुग्नुभएको छ । राष्ट्रपति ट्रम्प थ्यांक्सगिभिङ्गको अवसर पारेर पूर्व घोषणा बिनै अफगानिस्तानमा रहेको अमेरिकी सैनिकको बेस क्याम्पमा जानुभएको हो ।

उहाँले त्यहाँ अमेरिकी सैनिकलाई सम्बोधन गर्दै अमेरिका र तालिबानबिच वार्ता भइरहेको बताउनुभएको छ । अफगानिस्तानको बाग्राम हवाई बेसक्याम्पमा अमेरिकी सैनिकलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले तालिबानले सम्झौता गर्न चाहेको बताउनुभयो । ट्रम्पले अफगान राष्ट्रपति अशरफ घानीसँग पनि भेट गर्नुभएको बताईएको छ ।

ट्रम्पले अफगानिस्तानमा रहेका अमेरिकी सैनिकको संख्या उल्लेख्य मात्रामा कम गर्ने पनि ट्रम्पले बताउनुभयो । हाल अफगानिस्तानमा करिब १३ हजार अमेरिकी सैनिक छन् । अमेरिकाले सन् २००१ को सेप्टेम्बर ११ मा भएको तालिबान आक्रमणपछि अफगानिस्तानमा सैन्य अभियान सुरु गरेको थियो ।

तालिबानले केही दिनअघि सन् २०१६ देखि बन्धक बनाएका दुई पश्चिमी प्राज्ञलाई रिहा गरेको थियो । त्यसका लागि केही तालिबानी बन्दी पनि रिहा गरिएको थियो । यसले वार्ताको वातावरण बनाएको बताइएको छ । बिहीबार स्थानीय समय अनुसार बेलुका साढे आठ बजे अफगानिस्तान पुगेका ट्रम्प मध्य रातमा फर्किनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू