अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४८ | Colorodo: 06:03

भारतीय महिला सङ्घद्वारा पशुपति क्षेत्र विकास कोषलाई दुई विद्युतीय सवारीसाधन हस्तान्तरण

बिआरटीनेपाल २०७६ मंसिर ११ गते ६:४६ मा प्रकाशित

काठमाडौँ, भारतीय महिला सङ्घका अध्यक्ष श्रीमती नम्रिता पुरीले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई पशुपति मन्दिर परिसरमा २०७६ मङ्सिर ११ गते उच्च–गुणस्तरको लिथियम आयन ब्याट्री जडित आठ सिट क्षमताको २ वटा विद्युतीय सवारी साधन हस्तान्तरण गर्नुभयो । यी वातावरण मैत्री सवारी साधनको उत्पादन भारतीय कम्पनी गयाम मोटर वकर््सले गरेको हो ।

श्रीमती पुरीले पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने तीर्थयात्री र विशेष गरी महिला, बालबालिका, वृद्ध वृद्धा तथा अशक्त व्यक्तिहरूका लागि यी वातावरण मैत्री सवारीसाधन उपयोगी हुने बताउनुभयो । यी सवारीसाधनले दुई महिलाको लागि रोजगारीको अवसर पनि प्रदान गर्नेछ । भारत र नेपालका जनताबिच रहेको सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई सुदृढ गर्नुका साथै दुई देशका जनतालाई अझ नजिक ल्याउन विद्युतीय सवारीसाधनको हस्तान्तरण अर्को कोषेढुङ्गाको रूपमा रहनेछ ।

भारतीय राजदूतावासको संरक्षकत्वमा रहेको भारतीय महिला सङ्घ भारतीय महिलाहरूको एक सङ्गठन हो जसले नेपालमा रहेका भारतीय महिलाहरूलाई एउटै मञ्चमा ल्याउने काम गर्दछ । यस सङ्घले भारतीय र नेपाली महिलाबिच अन्तरक्रियाका लागि मञ्च प्रदान गर्नुका साथै भारतीय तथा नेपाली समुदायबिच सद्भाव र मित्रतालाई प्रवर्धन गर्ने काम गर्दछ । भारतीय महिला सङ्घले नेपालमा महिला तथा बालबालिकालाई लक्षित गरी विभिन्न परोपकारी क्रियाकलापहरू पनि गर्दै आएको छ । हालै यस सङ्घले काठमाडौँको नव इन्द्र धनुष अङ्ग्रेजी आवासीय विद्यालय, कोसेली फाउन्डेसन, बाल सारथि, नेपाली स्नेही काख र भक्तपुर क्यान्सर अस्पतालसँग मिलेर परोपकारी कार्यक्रमहरू सञ्चालन गरेको छ ।

युनेस्कोको विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपतिनाथ मन्दिर तथा यस सँगैका क्षेत्रको संरक्षण तथा सञ्चालनका लागि पशुपति क्षेत्र विकास कोषको स्थापना गरिएको हो ।

प्रतिक्रिया