अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२५ | Colorodo: 19:40

पानीको बोतलमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रतीक चिन्ह

बिआरटीनेपाल २०७६ मंसिर ११ गते ३:१३ मा प्रकाशित

झापा जिल्लाको एक पानी कम्पनीले आफूले उत्पादन गर्ने पानीको बोतल र जारमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रतीक चिन्ह राखेको छ । युवा उद्यमी विजय डालमियाले आफ्नो कम्पनीबाट उत्पादित पिउने पानीको बोतल र जारमा प्रतीक चिन्ह राख्नुभएको हो ।

भ्रमण वर्षको प्रचारप्रसारमा सहयोग पुर्याउन मेची उद्योग वाणिज्य संघको पूर्वअध्यक्ष समेत रहेका डालमियाले गरेको कार्यको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रशंसा गर्नुभएको छ ।

मन्त्री भट्टराईले आफ्नो फेसबुकमा लेख्नुभएको छ, ‘भ्रमण वर्ष २०२० मूल आयोजक समितिको आह्वानलाई सम्मान गर्दै डालमियाले बोतलमा भ्रमण वर्षको प्रतीक चिह्न राख्नुभएकोमा धन्यवाद । अरु उद्योगी तथा व्यवसायीबाट पनि यस्तै कामको अपेक्षा गरिन्छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू