अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

अमेरिकामा पहिलो दक्षिण पूर्व एसियन रिपब्लिकन क्लबको स्थापना, नेपाली मूलका देवी डेभिड आचार्य अध्यक्षमा

विजय थापा २०७६ मंसिर १० गते २१:०५ मा प्रकाशित

डिसी । अमेरिकाको टेक्सस राज्यमा पहिलो पटक दक्षिण पूर्व एसियन रिपब्लिकन क्लबको स्थापना भएको छ । जसको नेतृत्व टेक्सस ड्यालस बस्दै आएका समाज सेवी तथा व्यवसायी देवी डेभिड आचार्य अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

उक्त क्लबको गठन औपचारिक रूपमा गत नोभेम्बर २३ का दिन भएको हो । अमेरिकामा बसोबास गर्दै आएका दक्षिण पूर्व एसियनहरूको प्रयासबाट उक्त क्लब स्थापना सम्भव भएको हो ।

क्लबको मुख्य उद्देश्य भनेको अमेरिकन नागरिक जसले अमेरिकी रिपब्लिकन दलका सिद्धान्त प्रति विश्वास गर्ने र जसले रूढिवादी मूल्यलाई समर्थन गर्ने जनाएका छन् । यसको साथै रिपब्लिकन पार्टीका उम्मेदवार भएमा यसका सदस्यहरू एक ढिक्का भई निर्वाचनमा आफ्ना दलका उम्मेदवारलाई जिताउनु र संलग्नता रहनु समेत जनाएको छ ।

मूलधारको राजनीतिमा प्रवेश गर्ने हेतुले अमेरिकामा बसेर यही मूलको नागरिक भएको कारण हाम्रो दायित्वलाई शिरोधार्य गरेर क्लबको स्थापना भएको नवनिर्वाचित अध्यक्ष देवी डेभिड आचार्यले जनाएका छन् ।

आचार्यले भविष्यमा यसको बिस्तार अमेरिकाका विभिन्न राज्यहरूमा गरिने समेत जानकारी गराएका छन् । हाललाई उक्त क्लबमा अध्यक्षमा देवी डेभिड आचार्य, उपाध्यक्षमा बब भण्डारी, महासचिवमा कमल शर्मा र सञ्चालक समिति सदस्यको सभापतिमा शंकेश सुबेदी तथा जनसम्पर्क समितिको सभापतिमा होङ्ग वोङ्ग निर्वाचित भएका छन् । उक्त क्लब गठन हुँदा रिपब्लिकन दलका विधायक, न्यायाधीश, नगर प्रमुख लगायत नेपाली समुदायका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा आएका दक्षिण पूर्व एसियनहरूले क्लबमा प्रवेश गर्ने इच्छा गरेको जानकारी आचार्यले बताए । कार्यक्रममा नेपाली सांस्कृतिक कार्यक्रमको पनि प्रस्तुति गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू