अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५६ | Colorodo: 08:11

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि डेस्क स्थापना

बिआरटीनेपाल २०७६ मंसिर १० गते २१:३५ मा प्रकाशित

काठमाडौं, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सांगठनिक संरचना निर्माणका लागि सरकारले स्वीकृति प्रदान गरेको छ । भ्रमण वर्षको सुरुवातसँगै सरकारले यो विमानस्थललाई सुचारु गर्न मन्त्रिपरिषद‍्बाट अध्यागनम विभागले सहसचिवको नेतृत्वमा अध्यागमन डेस्क गठन गर्न लागेको हो ।

मन्त्रिपरिषद्ले एक सहसचिवको नेतृत्वमा उपसचिवसहित २० जना अध्यागमन अधिकृतको दरबन्दी स्वीकृत गरेसँगै विमानस्थलमा अध्यागमन डेस्क स्थापना हुने अध्यागमनका महानिर्देशक ईश्वरराज पौडेलले बताए । यो समाचार आजको कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू