अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५५ | Colorodo: 23:10

एक नेपालीको मलेसियामा हात काटियो

आरएन चौधरी थारु २०७६ मंसिर १० गते २१:११ मा प्रकाशित

क्वालालम्पुर । नेपालीको लागि रोजगारीको निम्ति प्रमुख गन्तव्य मलेसिया मानिन्छन् । तर मलेसियामै दिनप्रतिदिन विभिन्न किसिमको दुर्घटना हुने गरेका छन् । ती दुर्घटनाहरूमा परेर कैयौँ नेपालीले आकालमै ज्यान गुमाउनु परिरहेको छ । कैयौँ अपाङ्ग भएर घर फर्किरहेका छन् । दुर्घटनाकै क्रममा पुनः एक नेपाली मेसिन दुर्घटनामा परेर घाइते भएका छन् । मल्लाका राज्यमा अवस्थित वाई.एच.आई.(YHi) कम्पनीमा कार्यरत नेपाली कामदार मेसिन दुर्घटनामा परेर हात काटिएको छ ।

नेपालमा बारा जिल्ला कलैया-२२ ब्रहम्पुरी घर भएका दीपक शाहको सोमबार राति साढे ११ बजे कम्पनीमा काम गर्ने क्रममा मेसिनमा हात च्यापिएर दुर्घटना भएको उनका साथीले बताए । घाइते शाहको उपचार स्थानीय अस्पतालमा कम्पनीको सहयोग र निगरानीमा भइरहेको छ । अस्पतालका अनुसार शाहको उपचार सफल भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू