अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०५ | Colorodo: 10:20

इनास मेरिल्यान्ड राज्य समितिको अध्यक्षमा श्रीजन ताम्राकार

विजय थापा २०७६ मंसिर १० गते १५:०५ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको “मेरिल्यान्ड राज्य समिति” सर्व सम्मतिबाट गठन भएको छ । कलाकार सृजन ताम्राकारको नेतृत्वमा ३३ सदस्यीय समिति सर्व सम्मतबाट बनेको छ ।

कला र कलाकारको सारथि इनास अमेरिकाको “जिउँदो स्रष्टालाई सम्मान गरौँ, अहिले नगरे कहिले गर्ने हामी नेपालीले नगरे कसले गर्ने” मुख्य नारा सहित गत नोभेम्बर १६ तारिख शनिवार मेरिल्यान्ड राज्यको बाल्टिमोर सहरमा बसेको कार्यसमिति बैठकले सर्वसम्मतिबाट श्रीजन ताम्राकारलाई इनास मेरिल्यान्ड राज्य समितिको अध्यक्षतामा चयन गरेको थियो ।

इनास मेरिल्यान्ड राज्य समितिको विधिवत रुपमा प्रमाणपत्र तथा शपथ ग्रहणको कार्यक्रम भने गत आइतबार नोभेम्बर महिनाको २४ तारिख २०१९ मा बाल्टिमोर स्थित स्थानीय छाता सङ्गठन बानाको कार्यालयमा एक भव्य समारोह बिच सम्पन्न भएको छ । उक्त कार्यक्रममा ईनास ग्लोबलका महासचिव हरि शर्मा साथै इनास उत्तर अमेरिकाका संयोजक आनन्दु लामा इनास अमेरिकाका केन्द्र अध्यक्ष कृष्ण श्रेष्ठ, महासचिव रमेश मैनाली तथा केन्द्रका सदस्यहरू अमिता लामा र सन्ता पोख्रेल तथा इनास भर्जिनिया राज्य समिति सदस्य रविन दासको विशेष उपस्थिति रहेको थियो ।

उक्त भेलामा इनास अमेरिकाका केन्द्रीय उपाध्यक्ष तथा मेरिल्यान्ड राज्य समितिका संरक्षक तथा मेरिल्यान्ड राज्यका संस्थापक निवर्तमान अध्यक्ष कन्हैया सिंह परियारको पनि विशेष उपस्थितिमा सम्पन्न भएको छ । बसेको बैठकले मेरिल्यान्ड राज्य समिति गठन गरी कला र कलाकारितामा संलग्न विभिन्न व्यक्तिहरूलाई नियुक्त गरी सन् २०१९–२०२१ सम्मको लागि कार्यभारको जिम्मेवारी दिएको छ ।

उक्त कार्यक्रममा नेपालबाट आई अमेरिकाको मेरिल्यान्ड राज्यमा विभिन्न पेसामा आबद्ध नेपालका वरिष्ठ गायक–गायिकाहरू कलाकारहरूको सहभागिता सहित, सल्लाह सुझाव अनुसार इनास मेरिल्यान्ड राज्य समिति विधिवतरुपमा दिइएको कार्य अवधिकोलागि प्रमाणपत्र तथा शपथग्रहण सहित हस्तान्तरण गरिएको छ ।

पदभार कार्यक्रममा कार्यसमितिका वरिष्ठ कलाकारहरूमा गायक कन्हैया सिंह, गायिका अञ्जना गुरुङ, लोकगायक द्वय लक्ष्मण पौडेलर कल्पना देवकोटा पौडेल, गायक सृजन ताम्राकार, गायक श्याम गुरुङ, कलाकार इसा गुरुङ, ख्याति प्राप्त नायिका सारंगा श्रेष्ठ, गायिका सरिष्मा अमात्य, गायक देव किरण शाही, गायक दिनेश भण्डारी लगायतका कलाकारहरूको उपस्थिति रहेको थियो।

यस्तै शपथग्रहण कार्यक्रममा मेरिल्यान्ड राज्यका अन्य विभिन्न नेपाली सङ्घ संस्थाहरूका प्रतिनिधिहरू सहितको उपस्थिति रहेको थियो भने उपस्थित व्यक्तित्वहरूले विगतमा इनासले गरेको कार्यको खुलेर प्रशंसा गर्दै नवगठित इनास मेरिल्यान्ड राज्य समितिलाइ समाजसेवीहरु अनुशिया वन्त, कुल गुरुङ, अम्मर छ्न्त्याल, इन्द्र थापा, कुलमणि आचार्य, मन कुमार श्रेष्ठ, दिलीप श्रेष्ठ, रमेश श्रेष्ठ लगायतले संस्थाको आर्थिक स्रोत अभिवृद्धिका लागि मन खोलेर आर्थिक रूपमा समेत उपलब्ध गरेका छन् ।

मेरिल्यान्ड राज्य समितिमा रहेका पदाधिकारीहरू क्रमशः अध्यक्षमा: सृजन ताम्राकार, वरिष्ठ उपाध्यक्षमा: श्याम गुरुङ, र उपाध्यक्षहरुमा क्रमशः १. दिनेश भण्डारी, २. सारंगा श्रेष्ठ, ३. अञ्जना गुरुङ, र ४ गोपाल चन्द्र लामिछाने सचिवमा: लक्ष्मण पौडेल, सहसचिवमा: रुथमान गुरुङ, कोषाध्यक्षमा: इसा गुरुङ, तथा सह–कोषाध्यक्षमा: कल्पना देवकोटा पौडेल निर्वाचित भएका छन् ।

यसै गरी सदस्यहरूमा क्रमशः १ देव किरण शाही २. मिरा गुरुङ, ३. सरिस्मा अमात्य, ४. सुन्दर हमाल, ५. रमेश कुमार श्रेष्ठ, ६. मोहन गुरुङ, ७. अशोक उप्रेती, ८. अमृत रामदाम, र ९. राजीव श्रेष्ठ निर्वाचित भएका छन् । इनास मेरिल्यान्ड राज्य समितिको संरक्षकहरूमा क्रमशः वरिष्ठ लोकगायक प्रेमराजा महत, कन्हैया सिंह तथा अनुसुया वन्त श्रेष्ठ तथा अनि वरिष्ठ सल्लाहकारमा वरिष्ठ हास्य कलाकार रतन सुवेदीलाई चयन गरिएको छ । त्यस्तै अन्य सल्लाहकारहरुमा: १. कुल प्रसाद गुरुङ, २. काजी कार्की, ३. कुलमणि आचार्य, ४. अमर छन्त्याल, ५. कृश घिमिरे, ६. शङ्कर घिमिरे ७. रबिना थापा ८. वैकुण्ठ मान श्रेष्ठ ९. कुमार कार्की तथा १०. इन्द्र थापालाई नियुक्ति गरिएको छ ।

साथै आउने दिनहरूमा मेरिल्यान्ड राज्यमा रहने सम्पूर्ण नेपाली भाषी कलाकारहरूलाई संस्थामा समेटिँदै कला र कलाकार साथै नेपाली भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्दै कलाकारको हकहित र संस्थागत विकासका लागि कटिबद्ध रहने प्रतिबद्धता गर्दै सम्पूर्ण कलाकारहौलाई हातेमालो गरिदिन हुन नवनिर्वाचित अध्यक्ष सृजन ताम्राकार तथा नवनिर्वाचित सचिव लक्ष्मणपौडेलले खुल्ला आव्हान गर्नु भएको जानकारी ईनास अमेरिकाका महासचिव रमेश मैनालीले जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू