अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३४ | Colorodo: 13:49

भारतले कालापानीलाई दोस्रो कश्मीर बनाउन खोज्यो, ओली सरकार मौनः सभापति देउवा

बिआरटीनेपाल २०७६ मंसिर १० गते ३:०२ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी, लिपुलेक, लिम्पियाधुराको विषयमा सत्तारुढ दल नेकपाले भारतविरुद्ध कुनै कुरा गर्न नसकेको आरोप लगाउनुभएको छ । मङ्गलबार विराटनगर विमानस्थलमा पत्रकारसँग करिब सवा चार मिनेट समय खर्चिएका सभापति देउवाले तीनवटै क्षेत्र भारतले नक्सामा राखिरहदाँ समेत ओली सरकारले भारतविरुद्ध बोल्न नसकेको बताउनुभएको हो ।

राष्ट्रिय मुद्धामा सबै राजनीतिक दल एक स्थानमा उभिएर सरकारलाई साथ दिँदा समेत ओली सरकारले भारतसँग यसविषयमा केही गर्न नसकेको बुझाई सभापति देउवाको थियो। कालापानी तथा सुस्ता जस्तो विवादास्पद क्षेत्रमा समेत काश्मीर जस्तो घटनाक्रम दोहो¥याउने भूमिकामा भारत देखिएको बताएका सभापति देउवाले वर्तमान सरकारले यसविषयमा केही पनि गर्न नसकेको दाबी गर्नुभयो ।

महाकाली सन्धि आफ्नै कार्यकालमा भएको बताएका देउवाले कालापानी, लिपुलेक, लिम्पियाधुरा महाकाली नदी पूर्वतर्फ पर्ने र भारतको क्षेत्र नदी पश्चिममा भएको बताउनुभयो । सो सन्धिमा नदीको पानी आधा आधा हुने सम्झौता भएको बताएका देउवाले महाकाली नदी छिचोलेर भारतले नक्सामा ती तीन क्षेत्र राखेको प्रस्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू