अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२३ | Colorodo: 05:38

नेपाल–भारत पारबहन सन्धि पुनरावलोकन बैठक सुरु

बिआरटीनेपाल २०७६ मंसिर १० गते २:१४ मा प्रकाशित

नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक काठमाडौंमा सुरु भएको छ । नेपाललाई तेस्रो मुलुकसँग व्यापारका लागि पहुँच विस्तार तथा दुई मुलुकबीचको व्यापारमा सहजीकरणका लागि मंगलबारबाट काठमाडौंमा बैठक सुरु भएको हो ।

जल मार्ग र थप नयाँ बन्दरगाह प्रयोगबारे सन्धिमा समावेश हुने विषयलाई बैठकले अन्तिम रुप दिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिनुभयो । बैठकमा पारवहन सन्धिका विविध विषयमा छलफल हुने पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

बैठकमा हल्दिया–साहिवगञ्ज–कालुघाट जलमार्ग तथा गुजरातको मुन्द्रा र उडिसाको धाम्रा बन्दरगाह प्रयोगको विषयमा पनि विस्तृत छलफल हुने सहसचिव ढकालले जानकारी दिनुभयो । त्यसैगरी बैठकमा दुवै पक्षबीच विद्युतीय कार्गो निगरानी प्रणाली (ईटिएस) सम्बन्धमा पनि छलफल हुनेछ ।

२ दिनसम्म चल्ने सो सहसचिव स्तरीय सो बैठकको नेपाली पक्षको नेतृत्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले गर्नुभएको छ भने भारतीय पक्षको नेतृत्वको भारतका वाणिज्य विभागका एडिसनल सेक्रेटरी भूपिन्दर सिंह भल्लाले गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू