अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१७ | Colorodo: 14:32

प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया

बिआरटीनेपाल २०७६ मंसिर १० गते २:०७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ । स्वास्थ्य समस्या देखिएपछि प्रधानमन्त्री ओली मंगलबार बिहान उक्त सेन्टरमा जानुभएको थियो । ओलीलाई एपेन्डिसाइटिस भएको पत्ता लागेपछि चिकित्सकले शल्यक्रिया गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्रीको शल्यक्रिया सफल भएको थापाले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्रीको उपचारमा प्रा. डा अरुण सायमी, प्रा. डा. रमेशसिंह भण्डारी, डा. दिव्या सिंहलगायत लगायतका चिकित्सिकहरु संलग्न हुनुहुन्छ । प्रधानमन्त्री ओली अव केही दिन अस्पतालमै बस्नुपर्ने भएको छ । चिकित्सकका अनुसार एपेन्डिसाइटिस भएमा जति सक्यो चाँडो यसको शल्यक्रिया गर्नुपर्ने हुन्छ । यसअघि प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या आएपछि डायलसिस गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू