अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५७ | Colorodo: 08:12

प्रधानमन्त्री ओली भेन्टिलेटरमा, स्वास्थ्य अवस्था स्थिर

बिआरटीनेपाल २०७६ मंसिर १० गते २:१० मा प्रकाशित

एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई इलेक्टिभ भेन्टिलेटर ( कृत्रिम स्वासप्रश्वास) मा राखिएको छ । सोमबार रातिदेखि पेट दुखेपछि मंगलबार बिहानै मनमोहन कार्डियोभास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । ओलीको मंगबार मध्यान्ह एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

प्रा. डा. पलेशवान जोशी लाखेको नेतृत्वको टोलीले एपेन्डिसाइटिसको शल्यक्रिया गर्ने क्रममा पेटमा जमेको करिब आधा लिटर पिप हटाएपछि प्रधानमन्त्री ओलीलाई छिटै स्वस्थ हुने आशा चिकित्सकले लिएको र उहाँलाई सहज बनाउन भेन्टिलेटर राखेको अस्पताल स्रोतले बताएको छ । ओलीको मुटुको चाल र अवस्थाको विशेष निगरानी गरिएको पनि डाक्टरहरुले बताएका छन् ।

तर अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जारी गरेको जानकारीमा ओलीलाई इलेक्टिभ भेन्टिलेटरमा राखिएको उल्लेख गरिएको छैन । ओलीलाई निरन्तर निगरानीमा भने राखिएको र आवश्यक सम्पूर्ण व्यवस्था पनि रहेको जनाइएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिइएको छ ।

उपचारमा संलग्न डा. अरुण सायमीले भने प्रधानमन्त्री ओलीलाई आइसियु (सघन उपचार कक्ष) मा राखिएको बताउनुभएको छ । अरु समस्या पनि भएकाले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पूर्ण सुधार आउन कति दिन लाग्छ भन्न अहिले नै सकिने अवस्था नरहेको उहाँले बताउनुभयो । सामान्य अवस्थामा भने एपेन्डिसाइटिस भएका बिरामी शल्यक्रियापछि तीन दिन जतिमा डिस्चार्ज हुने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू