अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१२ | Colorodo: 20:27

अन्तर्राष्ट्रिय भारत्तोलक कार्की नेपालमा हुने नेसनल पावर लिफ्टिङको लागि नेपाल जाने

विजय थापा २०७६ मंसिर ९ गते २२:०२ मा प्रकाशित

डिसी । डिसी क्षेत्रका वर्ड पावरलिफ्टिंग आईपिएल प्रतियोगिताका स्वर्ण पदक विजेता भारत्तोलक रूप कार्की नेपालमा हुने राष्ट्रिय भारोत्तोलन प्रतियोगिता (पावर लिफ्टिङ) को लागि नेपाल जाने भएका छन् ।

तर उनी नेपालमा हुने उक्त प्रतियोगिताको लागि प्रतियोगीको रूपमा प्रतियोगितामा सहभागी हुन् भने जान लागेका हैनन् । उनी आफ्नो मातृभूमिमा आयोजना हुने नेसनल पावर लिफ्टिङ (भारोत्तोलन)प्रतियोगिता आफूले हासिल गरेका ज्ञान र सिप को साथै प्रतियोगितालाई गर्न सक्ने सक्दो सहयोगको लागि जाने भएका हुन् ।

विगत वर्षमा भारत्तोलक कार्की आफ्नो समय निकालेर नेपाल पुगी काठमाडौँ र बुटवल लगायत क्षेत्रमा पुगेर जानेका कुरामा सहयोग गरेका थिए । यस पटक पनि उनलाई समयले साथ दिएमा आफूले सक्रिय भूमिका निर्वाह गर्ने र मेरो कसैलाई आवश्यक परेमा सबैलाई सहयोग गर्न प्रतिबद्धता जाहेर गरेका छन् ।

उनी विशेष अतिथिको रूपमा प्रतियोगितामा सहभागिता हुने छन् । नेपालबाट पनि उनलाई आउन आग्रह समेत गरेकोले आगामी डिसेम्बर ३ का दिन नेपाल उड्ने भएका हुन् । नेपालमा हुने नेसनल पावरलिफ्टिंग (राष्ट्रिय भारोत्तोलन )खेल तथा प्रतियोगितालाई अझ मजबुत र सशक्त बनाउन योगदान दिन इच्छुक रहेको कार्कीले बताए । नेसनल पावरलिफ्टिंग (राष्ट्रिय भारोत्तोलन) प्रतियोगिता जनवरी १२, २०२० मा हुँदैछ ।

साथै साथीभाइहरूले निम्तो समेत दिएकोले मातृभूमिको लागि सहयोग गर्न पाउनु मेरो अहोभाग्य हो कार्कीले भने । कार्कीले गत अक्टोबर २७ का दिन मास्टर टु ( Master 2)२२० पाउन्ड तौल समूहमा आयरल्यान्डमा सम्पन्न वर्ड पावरलिफ्टिंग आईपिएल प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका थिए भने उनले एटलान्टामा २०१७ मा सम्पन्न वर्ड पावरलिफ्टिंग प्रतियोगितामा मास्टर वान(master 1)प्राप्त गरेका थिए ।

कार्की ड्रग टेस्टेड (कृत्रिम रूपमा शारीरिक बल वृद्धि गर्न ओखती प्रयोग नगर्ने विधि) खेलाडी हुन् ।

प्रतिक्रिया