अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५५ | Colorodo: 02:10

बढी शुल्क फिर्ता नगरे मेडिकल कलेज सञ्चालकलाई पक्राउ गर्न गृहको निर्देशन

बिआरटीनेपाल २०७६ मंसिर ९ गते ११:५८ मा प्रकाशित

काठमाडौँ, अतिरिक्त शुल्क कलेजहरूले मङ्गलवारसम्ममा फिर्ता गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । फिर्ता नगरे कलेज सञ्चालकलाई पक्राउ गरी ठगीमा मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिएको छ ।

गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र प्रहरी महा निरीक्षक सर्वेन्द्र खनालबिच सोमबार गृह मन्त्रालयमा भएको छलफलपछि कलेज सञ्चालकहरूलाई शुल्क फिर्ता गर्न मङ्गलवारसम्मको अन्तिम अल्टिमेटम दिइएको हो ।

आइतबार पनि गृहमन्त्री थापा र शिक्षामन्त्री पोखरेलबिच शुल्क फिर्ता गराउने विषयमा छलफल भएको थियो । यसअघि सरकारले मेडिकल कलेजहरूलाई अतिरिक्त शुल्क फिर्ता गर्न १५ दिनको म्याद दिएको थियो । गत आइतबार उक्त समय सकिएको छ । मन्त्रिपरिषद् बैठकले बढी शुल्क लिएमा कलेज विरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू