अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:११ | Colorodo: 09:26

बुझिदेऊ पछि राजले ल्याए “हाउ लुङ्वा” ( भिडियो )

बिआरटीनेपाल २०७६ मंसिर ९ गते ११:१३ मा प्रकाशित

गायक राज लिम्बुले आफ्नो बिलकुलै नयाँ म्युजिक भिडियो “हाउ लुङ्वा” सार्वजनिक गरेका छन् । यसअघि यौनिक तथा अल्पसङ्ख्यक समुदाय प्रति समर्पित गीत “ बुझिदेऊ “ बाट चर्चा कमाएका गायक लिम्बुको यो दोस्रो म्युजिक भिडियो हो ।

“हाउ लुङ्वा” गीतमा नेपालको पूर्वी भागको चलन र संस्कारमा रहेको लिम्बु जातिको को संस्कारमा आधारित नाच (धान नाच ) र गाउने गीत (पालाम ) को कुराको वर्णन लाई अलिकति फ्युजन नयाँ तरिकाले प्रस्तुत गरिएको छ।

यस गीतमा स्वर, शब्द र सङ्गीत गायक राज लिम्बुको रहेको छ । गीतको सङ्गीत संयोजन गोपाल रसाइलीले गरेका हुन। म्युजिक भिडियोमा रुकमान लिम्बु र प्रिया लिम्बुको अभिनय रहेको छ । अनिल रानाले भिडियो सम्पादन गरेका हुन । भूपेन्द्र तुम्बाहाम्फेको निर्देशनमा म्युजिक भिडियो तयार पारिएको हो ।

राज लिम्बुको अफ़िसिएल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ ।

प्रतिक्रिया