अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०६ | Colorodo: 14:21

स्मृतिग्रन्थको लोकार्पण

बिआरटीनेपाल २०७६ मंसिर ८ गते १९:३४ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हिजो २०७६ मङ्सिर ८ गते नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षमा आयोजना गरेको साहित्यिक समारोहमा “शिवप्रसाद सत्याल “पीठ” त्रिआयामिक व्यक्तित्वका सङ्गम” स्मृतिग्रन्थको लोकार्पण सम्पन्न भयो । समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सो स्मृति ग्रन्थको लोकार्पण गर्नु भएको हो ।

अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षता सम्पन्न सो समारोहमा प्रा.डा. वासुदेव त्रिपाठी, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, प्रा.डा. देवीप्रसाद सुवेदी, अनेसास बिओटीका सल्लाहकार डा. दुर्गा दाहालले आआफ्नो मन्तव्य राख्नु भएको थियो । अनेसास नेपालले सो स्मृति ग्रन्थको प्रकाशन गरेको हो भने प्रा.डा. देवीप्रसाद सुवेदीले सम्पादन गर्नु भएको हो । समारोहमा कुलपति गङ्गाप्रसाद उप्रेतीले सत्यालको योगदानको चर्चा गर्दै अनेसासले नेपाली साहित्यको उन्नयन र विकासमा पुर्‍याएको योगदानको चर्चा गर्नु भयो । उहाँले अनेसाससितको सहकार्यमा छिटै प्रज्ञा भवनमा डायस्पोरा डेक्स सञ्चालन हुने पनि बताउनु भयो ।

प्राज्ञहरू डा. उषा ठाकुर, लक्ष्मी माली, श्रीमती जानुका सत्याल, वरिष्ठ साहित्यकार गोपीकृष्ण शर्मा, प्रा.डा. ऋषिराम पोखरेल, साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष अच्युत रमण अधिकारी, साहित्यकार उन्नति बोहरा “सिला”, अनेसास ट्रस्टी वासु सत्याल, अनेसास वासिङ्टन डी. सी. का सदस्य कल्पना सत्याललगायतको समारोहमा उपस्थिति रहेको थियो । सो कार्यक्रममा अनेसास नेपालका नवनिर्वाचित अध्यक्ष सन्ध्या पहाडीले स्वागत मन्तव्य, राजु सत्यालले धन्यवाद ज्ञापन र अनेसास नेपालका नवनिर्वाचित महासचिव ऋषिदेव घिमिरेले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू