अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०६ | Colorodo: 03:21

मेडिकल कलेजका विद्यार्थीको आन्दोलनमा अनेरास्ववियूको साथ

बिआरटीनेपाल २०७६ मंसिर ८ गते १०:३८ मा प्रकाशित

काठमाडौं : सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले मेडिकल कलेजका विद्यार्थीमाथि गरिएको दमनप्रति आपत्ति जनाएको छ। अनेरास्ववियूले आइतबार विज्ञप्ति जारी गरी वीरगन्जस्थित नेशलन मेडिकल कलेजमा विद्यार्थीमाथि भएको हातपात र धरपकडको विरोध जनाएको हो।

‘विद्यार्थीले दबाबका लागि शान्तिपूर्ण धर्ना कार्याक्रम गर्दैगर्दा निजी मेडिकल कलेज सञ्चालक संघका अध्यक्षसमेत रहेका बसुरुदिन अन्सारीको नेशनल मेडिकल कलेजका विद्यार्थीमाथि प्रशासनबाट भएको हातपात, होस्टलमा बस्न रोक लगाइएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। ’ विज्ञप्तिमा लेखिएको छ।

विद्यार्थी संगठनको दबाबमा मेडिकल कलेज सञ्चालक, विश्वविद्यालय र सरकारबीचको सहमतिमा नियमविपरित लिइएका शुल्क तत्काल फिर्ता लिने भनिएकोमा सो कार्यान्वयन गर्नुको सट्टा उल्टै विद्यार्थीमाथि दमन गर्नु खेदजनक रहेको अनेरास्ववियूले जनाएको छ।

विभिन्न मेडिकल कलेजहरुले विद्यार्थीमाथि गरेको दमन, हातपात, षडयन्त्र ज्यान मार्ने धम्की क्रियाकलाप गरेको भन्दै यसबाट आफूहरु आक्रोशित भएको बताएको छ।

मेडिकल कलेजका विद्यार्थीको आन्दोलनमा आफ्नो संगठनको पनि ऐक्यवद्धता रहेको अनेरास्ववियूले घोषणा गरेको छ। बढी शुल्क लिने मेडिकल कलेज सञ्चालकलाई गिरफ्तार गर्न माग गरिएको छ।

सरकारले दिएको १५ दिनको समयसीमाभित्र शुल्क कार्यान्वयन नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको छ। आइतबार नेशनल मेडिकल कलेज अगाडी विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको जनाएको छ। अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू