अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४९ | Colorodo: 17:04

चितवन मेडिकल कलेजको होस्टेलमै भेटियो पेस्तोल : चार पक्राउ

अनिल ढकाल २०७६ मंसिर ७ गते ९:५० मा प्रकाशित

चितवन, चितवन मेडिकल कलेजको होस्टेल परिसरबाटै प्रहरीले पेस्तोल बरामद गरेको छ। शनिवार साँझ चितवन प्रहरीले १११७ मोडलको अमेरिकन पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले जानकारी दिए।

कोइरालाका अनुसार पेस्तोलमा लाग्ने म्यागेजिन एक थान, गोली दुई थान बरामद भएको छ। सँगै प्रहरीले थ्री नट थ्री राइफलको गोली एक थान, खोका एक थान, एसएलआर राइफलको ६ थान खोका, रातो र कालो तार चार मिटरसहित एउटा निलो झोला बरामद गरेको प्रवक्ता कोइरालाको भनाइ छ।

पेस्तोल भेटिएपछि प्रहरीले होस्टेलको सुरक्षामा खटिएका चार जना सुरक्षा गार्डलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। चितवन मेडिकल कलेजको होस्टको चौरमा पेस्तोल र गोली बरामद भएपछि कलेज परिसरमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको छ।

घटनास्थललाई प्रहरीले सुरक्षाकर्मीले घेरामा राखेका छन्। प्रहरीले घटनाको विषयमा अनुसन्धान भइरहेको बताएको छ। अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू