अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४६ | Colorodo: 06:01

नेपालको आँखामा छारो हाल्ने गरी भारतद्वारा दोस्रो पटक नक्सा सार्वजनिक

बिआरटीनेपाल २०७६ मंसिर ७ गते ९:२८ मा प्रकाशित

काठमाडौँ, भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी र लिम्पियाधुरा पनि आफ्नो नक्सामा पारेर सार्वजनिक गरेपछि नेपालमा यसको विरोध चर्किएपछि भारतले दोस्रो नक्सा सार्वजनिक गरेको छ ।

भारतले सार्वजनिक गरेको दोस्रा नक्साको पनि विरोध सुरु भएको छ । भारतले दोस्रो पटक सार्वजनिक गरेको नक्सामा पहिला कै नक्सामा रहेको काला नदी शब्द मात्रै मेटेर पहिले कै नक्सा सार्वजनिक गरेको हो । भारतले नेपालको आखाामा छारो मात्रै हाल्न खोजेको भन्दै विरोध सुरु भएको हो ।

यसअघि सार्वजनिक गरेको नक्सामा रहेको काली नदी शब्द मेटेर उसले त्यही नक्सा सार्वजनिक गरेको हो । नदीको नाम नै मेटेर भारतले त्यो भूभागमा नेपालको कुनै क्षेत्रको नाम नराखी सार्वजनिक गरेको छ । भारतद्वारा सार्वजनिक नक्साप्रति नेपालका नागरिक अगुवाहरूले विरोध गरेका छन् ।

नेपाल सरकाले भने नेपाल भारतको सीमा विवाद समाधानको लागि उच्चस्तरीय छलफलको प्रयास भइरहेको बताउँदै आएको छ । दैनिक नेपालबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू