अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२१ | Colorodo: 19:36

साथीकी बहिनीलाई करणी गरेको आरोप लागेका राई पुर्पक्षका लागि जेल चलान

बिआरटीनेपाल २०७६ मंसिर ६ गते ८:४६ मा प्रकाशित

काठमाडौँ, अनेरास्ववियुका केन्द्रीय सदस्य तथा रत्न राज्य क्याम्पसका स्ववियु सह-सचिव इन्द्र राईले आफ्नै साथीकी बहिनीलाई करणीको आरोप लागेका पुर्पक्षका लागि जेल चलान भएका छन् ।

सरकारी वकिल कार्यालय काठमाडौँले राईलाई सात देखि दश वर्षसम्मको जेल सजायको माग गर्दै मुद्दा हालेको हो । उक्त मुद्दामा राईको बयान र थुनछेक बहस पछि काठमाडौँ जिल्ला अदालतका न्यायधिश विनोदकुमार पोखरेलको इजलासले उनलाई थुनामा पठाउने निर्णय गरेको हो ।

राईले तिहारको बेला आफ्नै साथीकी बहिनीलाई भैली खेल्ने बहानामा काठमाडौँ माकलबारी स्थित आफन्तको घरमा लगेर बलात्कार गरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू