अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३५ | Colorodo: 11:50

राप्रपा अध्यक्ष थापा अमेरिकामा हुने कार्यक्रममा सहभागी हुँदै

बिआरटीनेपाल २०७६ मंसिर ५ गते २२:४४ मा प्रकाशित

विगत केही दिनदेखि अमेरिका भ्रमणमा रहेका राप्रपा अध्यक्ष कमल थापा त्यहाँको विभिन्न सहरमा आयोजना गरिएको विविध कार्यक्रममा सहभागी हुँदैछन् । अध्यक्ष थापाबाट डिसेम्बर १ मा पार्टीको प्रवासी नेपाली एकता समाज अमेरिकाको अधिवेशन समारोहको उद्घाटन र सम्बोधन गर्नु हुने भएको छ ।

अमेरिकामा रहेर पार्टीको सङ्गठनमा सक्रिय नेपालीहरूको संस्था प्रवासी नेपाली एकता समाजको बाल्टिमोरमा तेस्रो अधिवेशन हुँदैछ । यसै गरी अध्यक्ष थापा डिसेम्बर २ मा टेक्ससको ड्यालसमा आयोजना गरिएको नेपाली समुदायलाई सम्बोधन र अन्तरक्रियामा सहभागी हुनुहुनेछ ।

अध्यक्ष थापा डिसेम्बर ४ र ५ मा वासिङ्टनमा हुने अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको राजनीतिक सम्मेलनमा सहभागिता जनाउँदै महत्त्वपूर्ण सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष कमल थापाले सम्मेलनमा पार्टीको प्रतिनिधि मण्डलको नेतृत्व गर्नु हुने र सो कार्यक्रममा पार्टीका सहायक महामन्त्री एवं प्रवास सङ्घका प्रमुख प्रेम कुमार श्रेष्ठ र प्रवासी नेपाली एकता समाज अमेरिकाका अध्यक्ष लोकनाथ तिवारीले सहभागिता जनाउने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया