अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०४ | Colorodo: 22:19

बेरोजगार युवाहरूको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ: गोकर्ण विष्ट

बिआरटीनेपाल २०७६ मंसिर ४ गते २३:०६ मा प्रकाशित

काठमाडौँ, निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आफू मन्त्री पदमा रहँदा ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको बताएका छन् । बिहीबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरू, पसिनाको मूल्य नपाएका श्रमिकको पक्षमा इमानदारीपूर्वक काम गरेको प्रतिक्रिया दिएका छन् ।

विष्टको स्थानमा रामेश्वरराय यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री छन् । सामाजिक सञ्जालमा मन्त्री विष्ट योग्य हुँदाहुँदै पनि हटाइएको भन्दै चर्को आलोचना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू