अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२१ | Colorodo: 15:36

अमेरिकामा नेपालीद्वारा आयोजना भएको तेस्रो विवाह मेला सम्पन्न

विजय थापा २०७६ मंसिर ४ गते ११:३२ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा नेपाली द्वारा आयोजना भएको विवाह मेला सफलतापूर्वक सम्पन्न भएको छ । अमेरिकामा पहिलो पटक नेपालीहरूको पहलमा आयोजना भएको यो पहिलो बिहे मेला कार्यक्रम हो ।

तेस्रो पटक आयोजना गरिएको बिहे मेला यस वर्ष अझ सहभागिताको साथै मनोरञ्जन र उत्साहपूर्वक सम्पन्न भएको छ । कार्यक्रमका आयोजक विपिन राज उप्रेतीले हरेक वर्ष यसको प्रचार प्रसार बढ्दै गएकोमा हर्ष व्यक्त गर्दै यसलाई निरन्तरता दिने बताएका छन् । वेडिंग मेला (बिहे मेला) नेपाली समुदायको लागि आयोजना गरिएको भन्दै उप्रेतीले स्पष्ट गरे । गत वर्ष भन्दा अझ यस वर्ष अझ थप आवश्यक सेवा उपलब्ध गराइएकोले नेपाली समुदायहरू अभिरुचिपूर्ण रूपमा कार्यक्रम हेर्न आएका थिए ।

कार्यक्रम स्थलका प्रदर्शन कक्षमा नेपाली तथा विदेशी व्यापारीहरूको समेतले सहभागिता जनाएका थिए । खानाका प्रकार तथा अन्य प्रदर्शनमा राखिएका खानेकुराहरू चाख्नलाई निःशुल्क वितरण गरिएको थियो । र त्यहाँ आएका दर्शकले खानेकुराहरूको स्वाद लिएका थिए ।

विवाह र सांस्कृतिक पर्वहरूका लागि आवश्यक सेवा तथा सामग्रीबारे सम्बन्धित उपभोक्तालाई सरल रूपमा उपलब्ध गराइने भएकोले प्रदर्शनमा समेत राखिएको थियो ।

यस वर्ष पनि ,सजावटकर्ताहरु,गरगहना पसल,बेहुली सजावट तथा शृङ्गारका प्रदर्शन कक्ष ,दुलहा दुलहीका कपडाका व्यापारी,नेपाली परिकारका खाना,आपूर्तिकर्ताहरू ,मेहन्दीवाला,लिमोजिन सवारी साधन (विशेष कार)को व्यवस्था ,नेपाली पण्डित ,केक पसलका व्यापारी ,बिहेका फूलहरू आपूर्तिकर्ता फोटो (तस्बिर )तथा भिडियोग्राफरहरुको पनि सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन निर्मला उप्रेतीले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । ग्यालेक्सी इभेन्ट्स सोलुसन का विपीनराज उप्रेती तथा नेरिशा उप्रेती,डिजे सोलक्रीसका कृष्ण दाहाल तथा फोटो पसलका सम्पूर्ण मानन्धरको संयुक्त आयोजनामा विवाह मेला आयोजना भएको हो । कार्यक्रम १२ देखि ४ बजे सम्म सञ्चालन भएको थियो ।

प्रतिक्रिया