अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२८ | Colorodo: 18:43

श्रीलंकालीको मुटुमा नेपालः राष्ट्रपति राजापाक्षे

बिआरटीनेपाल २०७६ मंसिर ३ गते ८:४६ मा प्रकाशित

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोतावया राजापाक्षेले गौतम बुद्धको जन्मभूमि नेपाल श्रीलंकालीहरूको मन मस्तिक र मुटुमा विशेष स्थानमा रहेको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजापक्ष श्रीलंकाको राष्ट्रपति पदमा निर्वाचित हुन सफल भएको अवसरमा दिएको बधाई तथा शुभकामना ट्विटको प्रतिउत्तरमा उहाँले यस्तो बताउनुभएको हो ।

साथै राजापाक्षेले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको सहअस्तित्व र यसको आर्थिक उन्नतीमा सघाउ पुर्याउन प्रयत्नरत हुने जवाफ दिँदै प्रधानमन्त्री ओलीसँग निकट भविष्मा भेट हुनेमा आफु आश्वस्त रहेको जवाफ दिनुभएको हो । उहाँलाई बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले आफू श्रीलंकासँग घनिष्ठता कायम गर्दै नेपाल र श्रीलंकाबीचको बहुआयामिक र ऐतिहासिक न्यानो सम्बन्धलाई थप सुदृढ र बलियो बनाउन चाहेको उल्लेख गर्नुभएको थियो ।

राजापक्षले श्रीलंकामा तामिल विद्रोहीलाई दबाउन मुख्य भूमिका खेल्नुभएको थियो । श्रीलंका बौद्ध धर्मावलम्बीको बाहुल्यता भएको देश हो । गतवर्ष सेप्टेम्बरमा तत्कालिन श्रीलंकाली राष्ट्रपति मैथ्रिपाला श्रीसेनाले सपत्नी लुम्बिनीको भ्रमण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू