अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:११ | Colorodo: 15:26

विपद् व्यवस्थापन पुर्वतयारी थाल्न सरकारको निर्देशन

बिआरटीनेपाल २०७६ मंसिर ३ गते ८:३५ मा प्रकाशित

केन्द्रीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले शितलहर सहित प्राकृतिक प्रकोप व्यवस्थापन र न्यूनीकरणमा विशेष कार्ययोजना तय गर्न तीनवटै तहका संयन्त्रलाई निर्देशन दिएको छ ।

मंगलबार १८ बुँदे निर्णय गर्दै गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको समितिले शितलहर, हिमपात, आँधी लगायत जाडोयाममा हुने प्रकोप नियन्त्रण, न्यूनीकरण, खोज उद्धार तथा राहतका लागि प्रभावकारी कार्ययोजना बनाउन संघ, प्रदेश र स्थानीय तह अन्तर्गतका सरकारी निकायहरुलाई निर्देशन दिएको हो ।

समितिबाट पारित भएका निर्णय समेत तीनवटै तहलाई पठाउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू