अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१२ | Colorodo: 16:27

लोकगायक प्रेमराजा महतको ‘आयो नेपाली’ सार्वजनिक

बिआरटीनेपाल २०७६ मंसिर ३ गते ८:१३ मा प्रकाशित

लोकप्रिय लोक तथा दोहोरी गायक प्रेमराजा महतको नयाँ गीत बजारमा आएको छ । मंगलबार सार्वजनिक भएको ‘आयो नेपाली’ बोलको गीतको भिडियो उहाँले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गर्नुभएको हो । गायक महतको स्वरमा सजिएको गीत नेपाली सेनाप्रति समर्पित रहेको छ ।

अहिले देश दुखेका बेला नेपाली मन मनको भावना जगाउनका लागि यो भिडियो बाहिर ल्याएको गायक महतले बताउनुभएको छ । गीतमा शब्द र संगीत स्वयं गायकको रहेको छ भने भिडियोमा पनि गायक महत आफै देखिनुभएको छ । गीतको एरेन्ज भने बिबि अनुरागीले गर्नुभएको हो । त्यस्तै भिडियोको सम्पादन मिनराज अर्यालले गर्नुभएको छ ।

मुलुकमा कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतले मिचेको विरुद्धमा मुलुकमा आन्दोलन, बहस र कुटनीतिक पहल भइरहेका बेला गायक प्रेमराजा महत राष्ट्रिय गीत बोकेर नेपाल आउनुभएको हो । गायक महतले केही दिनमै ‘लाम माया छपक्कै’ बोलको गीत सार्वजनिक गर्ने तयारी समेत गर्नुभएको छ ।

प्रतिक्रिया