अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४७ | Colorodo: 23:02

नेपाल सरकार मन्त्रीपरिषद् बैठक सम्पन्न, बुधवार मन्त्रीमण्डल पुनर्गठन हुने

बिआरटीनेपाल २०७६ मंसिर ३ गते ८:०२ मा प्रकाशित

नेपाल सरकार मन्त्रीपरिषद्को बैठक सम्पन्न भएको छ । आज साँझ बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिहरूको हेरफेर हुने जानकारी गराउनुभएको हो । बैठकमा प्रधानमन्त्री ओलीले आफूले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेको बताउनुभएको हो ।

मन्त्रीमण्डल पुनर्गठन गर्ने बताएपनि उहाँले कुन मन्त्रीलाई हटाईने र कस्लाई थप्ने भन्ने बिषयमा भने केही खुलाउनुभएन । स्रोतका अनुसार नयाँ मन्त्रीहरूको सपथ भोलि (बुधबार) नै हुने भएकाले कुनै औपचारिक कार्यक्रमसमेत नराख्न मन्त्रीहरूलाई समेत प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको छ ।

मन्त्रिपरिषद हेरफेरकै विषयमा छलफल गर्न भोलि बिहान ९ बजे पार्टी नेकपाको सचिवालय बैठक बोलाईएको छ । नेकपा अध्यक्षसमेत रहनुभएका ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मन्त्रिपरिषद पुनर्गठनबारे यस अघिनै छलफल गरिसक्नुभएको छ ।

यसैबीच सरकारले अध्यादेशमार्फत् संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्ने भएको छ । अहिले संवैधानिक परिषद ऐनमा ’बैठकमा पेश भएको प्रत्येक विषयको निर्णय सर्वसम्मतिको आधारमा हुने’ उल्लेख छ। सर्वसम्मतिमा निर्णय नभए अध्यक्षले अर्को बैठक बोलाउनु पर्ने व्यवस्था छ। अब सुरूमै बहुमतीय आधारमा निर्णय हुनेगरी संशोधन गर्न लागिएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू