अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०१ | Colorodo: 04:16

नेकपा नेतृत्वकै सरकारले नेपालको भविष्य बदल्छ – अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७६ मंसिर ३ गते ७:५९ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा र पार्टी नेतृत्वको सरकारले नै समृद्ध नेपाल निर्माण गर्ने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पश्चिम नवलपरासीद्वारा मंगलबार परासीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले वर्तमान सरकारले समृद्धिको आधार तयार पारिसकेको उल्लेख गर्दै मुलुकमा पूर्वाधार विकास धमाधम भइरहेकोे बताउनुभयो । विकाशको कामलाई अझै तीव्रता दिन आवश्यक रहेको औंल्याउँदै उहाँले नेकपा नेतृत्वकै सरकारले नेपालको भविष्य बदल्ने दावी गर्नुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले अबको १० वर्षभित्रमा नेपाललाई मध्यम आय भएको देशकोरुपमा स्थापित गर्ने र मध्यम आयको देश बनाएपछि विकासलाई अझै तीव्रगतिमा पुर्याउनुपर्ने बताउनुभयो । पार्टीले अब प्रशिक्षणका लागि देशव्यापी अभियान लिएर कार्यकर्तामाझ आउने उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू