अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५९ | Colorodo: 15:14

सुन्ने र सुनाउने कार्यक्रमको २० औ भाग सम्पन्न (फोटो फिचर)

बिआरटीनेपाल २०७६ मंसिर २ गते १२:०४ मा प्रकाशित

सुन्ने र सुनाउने कार्यक्रमको २० औ भाग सम्पन्न भएको छ । नेपाल अमेरिका साहित्य सङ्गीत प्रतिष्ठानको आयोजनामा सम्पन्न उक्त कार्यक्रम कवि तथा गीतकार आचार्य प्रभाले सभापतित्व ग्रहण गर्नु भएको थियो ।

विभिन्न आयममा अभिव्यक्त रचना बाँचन र गीत गायनबाट पारिस्क्रित हुँदै आएको यो २० औँ भागलाई कुशलता पूर्वक कवि केशव आचार्यले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा आगामी दिनहरूमा कसरी साहित्यिक आस्थालाई बलियो बनाउने भन्नेमा साझा समझदारी बनाइ अबिछिन्न रूपमा अघि बढ्ने भन्ने विषयमा विभिन्न व्यक्तित्वहरूले आफ्नो धारणा व्यक्त गर्नु भएको थियो जसबाट आगामी दिनहरूमा साहित्यिक गतिविधि अझ परिमार्जित भई अघि बढाउन सहज हुने देखिएको महसुस भएको छ ।

देशको सीमा विवादको प्रमुखता बोकेका श्रीजनाहरु सहित कारुणिक, प्रमिल, वियोग, ब्यङ्य तथा जीवन दर्शनका रचनाहरू बाँचन भएको आजको यस कार्यक्रममा ज्ञानेन्द्र काफ्ले, जगन्नाथ लम्साल, राजु सिटौला, विजय देव अधिकारी, समीर आचार्य, प्रा.डा.विजयराज शर्मा, आचार्य प्रभा, धन पौड्याल, भूपेन्द्र महत, लालप्रसाद चौलागाइ, सरोज भुसाल, सिता सापकोटा, सेनु तिवारी, केशव आचार्य तथा अनेसास कोलोराडो च्याप्टरको अध्यक्ष तारा अधिकारीद्वारा रचना बाँचन गरिएको थियो ।

वसन्त लम्साल र रवि बास्तोलाको सुमधुर गायकी पाएको उक्त कार्यक्रममा साहित्य अनुरागीहरूको राम्रो उपस्थिति रहेको थियो । बिआरटी नेपाल डट कमको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारित यस कार्यक्रममा रिता ढकालले युवा पिँडीलाई नेपाली भाषा अभिबृद्दीको लागि सबै सङ्घ संस्थालाई कदम चाल्न आबहान समेत गर्नु भएको थियो । कार्यक्रमको बिट आफ्नो धारणा सहित आचार्य प्रभाबाट मारिएको थियो ।

 

फोटो: बेनी महत

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू