अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५६ | Colorodo: 04:11

देउवाले निष्पक्ष मूल्यांकन गरेनन् – कांग्रेस नेता पौडेल

बिआरटीनेपाल २०७६ मंसिर २ गते ८:५४ मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा सभापति शेरबहादुर देउवासँगको विवाद निश्पक्ष मूल्यांकन नहुँदाको विषयमा मात्र भएको बताउनुभएको छ । नेपाली कांग्रेस ताप्लेजुङले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले यस वबहेक अन्य सबै कुरामा एकता रहेको जिकिर गर्नुभयो । उहाँले आफू जहिले पनि कांग्रेस एक हुनुपर्छ भन्ने पक्षमा रहेको बताउनुभयो ।

फरक प्रसंगमा उहाँले वर्तमान कम्यूनिष्ट सरकारले बदनामी मात्र कमाएको आरोप लगाउनुभएको छ । चुनाव जितेर पनि विकासको एउटा पनि सिन्को नभाँचेको उहाँको दाबी थियो । कम्यूनिष्ट सरकारसँग जनता असन्तुष्ट भएपनि ति असन्तुष्ट जनतालाई कांग्रेसमा ल्याउनु पार्टीको चुनौती रहेको नेता पौडेलले औँल्याउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू