अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५१ | Colorodo: 15:06

भारतमा दुर्घटना ११ को मृत्यु, २० घाइते

बिआरटीनेपाल २०७६ मंसिर २ गते ८:४२ मा प्रकाशित

भारतको राजस्थान राज्यमा सोमबार भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । दुर्घटनाका कारण अरु २० जना घाइते भएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थल राजस्थान राज्यको राजधानी जयपुरदेखि २६६ किलोमिटर टाढा पर्ने बिकानेर जिल्लाको दुनगढ नजिकै रहेको प्रहरीको भनाई छ । एक स्थानिय प्रहरी अधिकारीका अनुसार घाइतेहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान प्रक्रिया अगाडी बढाइसकिएको र दोषीलाई कारबाही हुने जनाएको छ ।

भारतमा यस्ता सवारी दुर्घटनाका कारण बर्षेनी हजारौँको मृत्यु हुने गरेको छ । चालकको लापर्वाही, खराब अवस्थाको सडक र पुराना सवारी साधनलगायतका कारणले भारतमा धेरै सवारी दुर्घटना हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू