अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३० | Colorodo: 12:45

ठमेलको नाइट क्लबमा पूर्वराजा ज्ञानेन्द्र र हिमानी शाहको डान्स

बिआरटीनेपाल २०७६ मंसिर २ गते ८:४२ मा प्रकाशित

पूर्व राजा ज्ञानेन्द्र शाह र उहाँको परिवार बेलाबखत रेष्टुरेन्ट, नाइट क्लब र बारमा देखिने गर्छ । लाजिम्पाटको त्रिसरा रेष्टुरेन्टमा ज्ञानेन्द्र परिवारको जमघट बाक्लै रुपमा हुनेगर्छ । तर यसपटक भने उहाँ ठमेलको नाइट क्लब पुगेर सबैलाई सर्प्राइज दिनुभयो ।

शाहले ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेर खानपिन सहित उपस्थितहरुसँग ‘रातो र चन्द्र सूर्य’ गीतमा डान्स समेत गर्नुभएको थियो । पूर्व राजाको साथमा उहाकाकी बुहारी हिमानी शाह पनि उपस्थिति हुनुहुन्थ्यो । क्लवमा हिमानीले पनि नाचेर शुभेच्छुकहरुसहित मनोरञ्जन लिनुभएको थियो ।

आफ्नी पत्नी कोमल बाहेक ज्ञानेन्द्र परिवारका अन्य सदस्य पनि क्लबमा जानुभएको थियो । त्यहाँ सयौं शुभेच्छुकहरुसँग पुर्वराजपरिवारसंग पनि मजा लिएका थिए । काठमाडौं बाहिर भएकाले पारस शाह भने त्यहाँ उपस्थित नभएको बताईएको छ । पूर्व राजा शाहले त्यहाँ उपस्थित युवाहरुसँग तस्विर र सेल्फी पनि खिचाउनुभएको छ ।

रुदिक श्रेष्ठलगायतको टिमले संचालनमा ल्याएको नाइट क्लबमा तन्नेरीहरुको रोजाइमा पर्ने गरेको भए पनि शनिबार राती पूर्व राज परिवारका सदस्य र कलाकारहरु त्यहाँ पुगेका थिए । साँझ १० बजे क्लब छिरेका शाह राती १ बजे बाहिरिएको बताईएको छ । शाह क्लबमा छिरेपछि शुभेच्छुकहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ भन्ने नारा समेत लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू