अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३६ | Colorodo: 16:51

बिहीबारदेखि काठमाडौंमा उर्जा सम्मेलन हुने

बिआरटीनेपाल २०७६ मंसिर २ गते ८:३६ मा प्रकाशित

आगामी बिहीबारदेखि राजधानी काठमाडौंमा उर्जा सम्मेलन हुने भएको छ । आयोजक स्वतन्त्र उर्जा उत्पादकको संस्था नेपाल (इपान)ले आज पत्रकार सम्मेलन गरी सम्मेलनबारे जानकारी गराएको हो । सम्मेलनमा ७० भन्दा बढी विशेषज्ञको उर्जा सम्बन्धी प्रस्तुति रहने छ ।

सम्मेलनमा नेपालको साथै भारत, बंगलादेश, भुटान, चीन, जापान, नेदरल्याण्ड, अमेरिका, क्यानडा, नर्वे जस्ता मुलुकका विशेषज्ञको सहभागिता रहने आयोजकले जनाएको छ । क्षेत्रीय विद्युत् व्यापार, विद्युत् बजार, नियमन, वित्तिय व्यवस्थापन, ऊर्जाको दिगो विकास, संघीयतामा ऊर्जा परियोजना सञ्चालन र सहजीकरण, ऊर्जामा लगानी तथा आयोजना प्रदर्शनी जस्ता विषयमाथि सम्मेलनमा छलफल हुने आयोजक इपानका अध्यक्ष शैलेन्द्र गुरागाईँले जानकारी दिनुभयो ।

क्षेत्रीय विद्युत् व्यापारका लागि विचार आदान प्रदानको साथै त्यससम्बन्धी औपचारिक र अनौपचारिक वार्ता अघि बढाउन सम्मेलन बहुउपयोगी हुने विश्वास लिइएको छ । सम्मेलनमा नेपालको साथै भारत, बंगलादेश, भुटान, चीन, जापान, नेदरल्याण्ड, अमेरिका, क्यानडा, नर्वे जस्ता मुलुकका ७ सय बढी सहभागी हुने बताईएको छ । ‘पावरिङ द एशिएन सेन्चुरी’ को नारा दिईएको ऊर्जा सम्मेलन दुई दिनसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू