अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०६ | Colorodo: 23:21

सत्य निरुपण तथा वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पदाधिकारी लागि ६१ जनाको नाम सार्वजनिक

बिआरटीनेपाल २०७६ मंसिर २ गते ८:३२ मा प्रकाशित

सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारीहरु सिफारिस गर्न बनेको समितिले ६१ जनाको नाम सार्वजनिक गर्दै उजुरी आह्वान गरेको छ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा रहेको सिफारिस समितिले आज सार्वजनिक सूचना निकालेर प्रतिक्रिया जनाउन पाँच दिनको समय दिएको छ ।

सार्वजनिक गरिएको नाममध्ये ५० जनाले आफैं आवेदन दिएका हुन् भने चार जनाको नाम विभिन्न संघ संस्थाबाट सिफारिस भएका हुन् । यस्तै सिफारिस समितिले पनि ७ जनाको नाम थपेको छ । समितिको तर्फबाट भन्दै सत्य निरुपणको अध्यक्षमा गणेशदत्त भट्ट र वेपत्ताको अध्यक्षमा लोकेन्द्र मल्लिकको नाम राखिएको छ ।

यस्तै सत्य निरुपणको सदस्यमा श्रीकृष्ण सुवेदी, मञ्चला झा, वेपत्तामा आइबहादुर गुरुङ र नरकुमार गुरुङ र गंगाधर पराजुलीको नाम दुबै आयोगका लागि राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू