अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५६ | Colorodo: 08:11

निर्मला पन्त हत्या प्रकरण– किटानी जाहेरीबारे प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण

बिआरटीनेपाल २०७६ मंसिर २ गते ८:३२ मा प्रकाशित

बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका– २ की १३ वर्षीय बालिका निर्मला पन्तको हत्या प्रकरणमा किटानी जाहेरी दिएको दुई महिना बिति सक्दासमेत सुनवाइ हुन नसकेपछि सोमबार प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराईएको छ ।

निर्मलाकी आमा दुर्गादेवी पन्तसहितको अधिकारर्मीको टोलीले प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई भेटेर किटानी जाहेरीबारे ध्यानाकर्षण गराएको हो । निर्मलाकी आमा दुर्गादेवीले गत भदौ २२ गते दिलीपसिंह विष्टविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनुभएको थियो । निर्मलाकी आमा दुर्गादेवीले प्रमुख जिल्ला अधिकारी वैद्यलाई भेटेर किटानी जाहेरी दिएको दुई महिना बित्तिसक्दा समेत सुनवाइ हुन नसकेको भन्दै असन्तुष्टि पोख्नुभएको हो ।

प्रमुख जिल्ला अधिकारी बैद्यले डिएनएलाई प्रमाण मान्न नसकिने ठहर भएपछि अनुसन्धानको दायरा साघुरिँदै गएको बताउनुभयो । झण्डै डेढवर्ष अघि घरबाट गुहकार्य गर्नका लागि साथीको घर गएपछि हराएकी निर्मलाको उखुबारीमा शव फेला परेको थियो। प्रहरीले विभिन्न अनुसन्धान टोली गठन गरी हत्याको छानबिनका लागि प्रक्रिया अगाडि बढाए पनि हालसम्म हत्यारा पत्ता लाग्न सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू