अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०५ | Colorodo: 04:20

विल गेट्स दुई वर्षपछि पनि संसारकै सबैभन्दा धनी व्यक्ति

बिआरटीनेपाल २०७६ मंसिर २ गते ८:१६ मा प्रकाशित

माइक्रोसफ्ट कम्पनीका संस्थापक विल गेट्स पुनः संसारकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । ६४ वर्षीय गेट्सको दुई वर्षपछि पनि सम्पत्ती १ सय १० अर्ब अमेरिकी डलर अर्थात् १ सय २५ खर्ब ४० अर्ब छ ।

ब्लुमवर्ग पत्रिकाले प्रकाशन गरेको सर्वेक्षणअनुसार सन् २०१७ पछि गेट्स सबै भन्दा धनी व्यक्ति बनेका हुन् । यसअघि सन् २०१७ मा गेट्सलाई उछिन्दै अमेजनका मालिक जेफ बेजोस सबैभन्दा धनी बनेका थिए । तर,अहिले उनी दोस्रो नम्बरमा परेका छन् । उनीसँग १ सय ९ अर्ब अमेरिकी डलर वा १ सय २४ खर्ब २६ अर्ब रुपैयाँ सम्पति रहेको ब्लुम्बर्गले सर्वेक्षणमा उल्लेख गरेको छ ।

यस्तै, धनीको तेस्रो नम्बरमा फ्रान्सको एलबीउमएच कम्पनीका मालिक बर्नार्ड अरनाल्ट परेका छन् । अरनाल्टको सम्पत्ति १ सय ३ अर्ब अमेरिकी डलर छ । ८६ अर्बसहित चौथो स्थानमा वारेन वफे छन् भने फेसबुकका सिइओ मार्क जुकरबर्ग ७५.५ अर्ब डलर सहित पाँचौ स्थानमा पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू