अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५१ | Colorodo: 17:06

नेपाल इमर्जिङ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियो

बिआरटीनेपाल २०७६ मंसिर २ गते ८:१२ मा प्रकाशित

नेपाल बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपाल बंगलादेशको २३ वर्ष मुनिको टिमसँग आठ विकेटले पराजित भएको हो । नेपालले दिएको एक सय ३९ रनको सामान्य लक्ष्य बंगलादेशले २४ ओभरमा दुइ विकेट गुमाएर पुरा गरेको थियो ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४४ ओभर तीन बलमा अलआउट हुँदै एक सय ३८ रन बनाएको थियो । प्रतियोगिता अन्तर्गत आज समूह चरणको अन्तिम खेलमा भारतले हङकङलाई एक सय २० रनले पराजित गरेसँगै नेपाल औपचारिक रुपमा बाहिरिएको हो । हङकङलाई हराएसँगै भारत भने समूह ‘बी’ बाट समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

बंगलादेश समूह विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ । नेपालसँगै हङकङ पनि प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणमा नेपालले एक जित मात्र निकाल्न सकेको हो । तीन खेलमा दुइ अङ्क जोडेको नेपाल तेस्रो स्थानमा परेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू