अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१९ | Colorodo: 06:34

कास्की–२ उपनिर्वाचन – पोखराको विकाशको जिम्मा मेरो – नेकपा उम्मेद्वार बिद्या भट्टराई

बिआरटीनेपाल २०७६ मंसिर २ गते ८:०९ मा प्रकाशित

नेकपाको बलियो पकड वडाका रुपमा चिनिने पोखरा महानगरपालिका बडा नं १७ मा उम्मेद्वार विद्या भट्टराईको घरदैलो कार्यक्रम तथा चुनावी अभियान कार्यक्रम सम्पन्न भएको छ । उक्त स्थानका मतदाताहरुले उम्मेद्वार विद्या भट्टराई अधिकारीलाई स्वागत सहित निर्वाचनका विजयी गराउने बताएका छन् ।

घरदैलो सुरु हुनुअघि दोविल्लामा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा कास्की अध्यक्ष एवं वडा नं १७ का चुनावी कमाण्डर कृष्ण थापाले संसारको कुनैपनि तागतले कास्की २ को निर्वाचनमा नेकपालाई हराउन नसक्ने ठोकुवा गर्नुभयो । आफ्नो ठाउँमा पराजित भएका व्यक्तिहरु कास्कीमा आएर नेकपाविरुद्ध बोल्नु लाजमर्दो विषय भएको भन्दै अध्यक्ष थापाले अत्यधिक बहुमतसहित विद्याको जीत सुुनिश्चित भएकोे उदघोष गर्नुभयो ।

उम्मेदवार विद्या भट्टराई अधिकारीले पोखरा १७ पर्यटकीय र धार्मिक हिसावले उत्कृष्ट रहेको उल्लेख गर्दै उक्त वडासहित समग्र पोखरामा आवश्यक विकासको जिम्मा लिने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा नेकपाको पोखरा महानगर कमिटी अध्यक्ष दिपक पौडेलले वडामा रहेका ८० प्रतिशत मत नेकपाको पक्षमा आउने दावी गर्नुभयो ।

यसैबीच, पोखराको कृष्ति नाच्नेचौरमा भविष्य निर्माण बुथको कार्यालय उद्घाटन गरिएको छ । सोमबार आयोजित कार्यक्रममा यूवा नेता झपट रानाभाट र श्रीराम सुवेदीले संयुक्तरुपमा कार्यालय उद्घाटन गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू